शनिबार, बैशाख १५, २०८१

अव पत्रकार परिचय पत्रको नविकरण अनलाइनबाटै

काठमाडौं साउन ७,
सूचना तथा प्रसारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने जनाएको छ ।

साउन १० गते आइतबारदेखि सेवाग्राहीले विभागले सवै किसिमका परिचयपत्र जारी तथा नविकरणसंगै अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको सेवा प्रवाह समेत अनलाइनबाट हुने आज जारी विज्ञप्तिमार्फत जनाएको छ। यसको लागि सूचना तथा प्रसारण विभागको वेबसाइटबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाउदै अनलाइनबाट प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र कामाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।

त्यस्तै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।