बुधबार, बैशाख १२, २०८१

काँग्रेसले गर्यो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पार्टीको बैठक बस्ने परम्पराको क्रमभंगता

शुक्रवार काँग्रेस पदाधिकारी बैठक र प्रमको निजी निवास बुढानिलकण्ठमा बस्ने

 काठमाडौं साउन ७,
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार र शनिबार पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ । नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाउनुभएको कांग्रेस मुख्यालयले जनाएको छ ।

बैठकमा मुलत पार्टीको आसन्न १४ औँ महाधिवेशन तयारी लगायत मुलुकको भावी कार्य दिशा लक्षित विषयगत एजेन्दामा छलफलको तयारी रहेको पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै काँग्रेसले यस पटक देखि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने गरेको पार्टीको बैठक बस्ने विगतको गलत–गलत परम्परालाई क्रमभंग गर्दै पार्टीको औपचारिक बैठकहरु पार्टी मसयालय वा अन्य कुनै पाएक स्थानमा गर्ने भएको छ। पार्टी महामन्त्री पूर्ण बहादुर खड्काले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगरिने,’ निर्णय कार्यान्वयनको प्रारम्भ गर्दै शुक्रवार पार्टी पदाधिकारी र पूर्व पदाधिकारिको बैठक बुढानिलकण्ठ बस्न लागेको लागेको जानकारी सहितको सामाजीक सञ्जाल ट्वीट गर्नु भएको छ।

केहि लिन अघि वरिष्ठ पत्रका तानाराथ दाहालले आफ्नो समाजीक सञ्जालमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पार्टीको बैठक बस्ने परम्परालाइ तोड्नु न्यायेचित हुने पासंगिक अभिमत जाहेर गर्नुभएको थियो ।