शनिबार, बैशाख ८, २०८१

फेरी दिनानुदिन बढ्दै संक्रमित, वितेको २४ घण्टामा २ हजार ८३८ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं साउन ६,
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ७१५ जना पिअिसार परीक्षणको क्रममा १ हजार ९१८ र ३ हजार ९०१ जनाको एन्टीजेन परीक्षणको क्रममा ९२० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

त्यस्तै यसवीचमा १ हजार ४७५ जना संक्रमित निको भई डिस्चार्ज भएको जानकारी दिनुको अलावा वितेको २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको जनाएकोछ । साथै आज पुष्टि भएका मृतकसंगै हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो समय ६९७ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ४९०, ललितपुरमा १२८ तथा भक्तपुरमा ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।