सोमवार, साउन १८, २०७८

आज हरिशयनी एकादशी :घर-घरमा तुलसी रोपण सहित चतुर्मास व्रतको शुभारम्भ गर्दै

काठमाडौं साउन ५,
आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजबाट हिन्दू धमाम्लम्बीहरुले आ आफ्नो घर घरमा तुलसी रोपी पूजाआजा सहित चतुर्मास व्रतको शुभारम्भ गर्ने गरिन्छ ।

धार्मिक दस्तावेजमा उल्लेख भएअनुसार आजको दिनबाट भगवान विष्णु चार महिनासम्म सयनमुद्रामा रहनु हुने भएकाले अषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । हरिशयनी एकादशीका दिन भगवान विष्णुको प्रतिक तुलसी रोपेपछि पूण्य प्राप्त हुँने विस्वास गरिन्छ ।

त्यस्तै आषाढदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । ज्येष्ठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने परम्परा रहेको धर्मवेत्ताहरुको भनाइ रहेको छ ।

यद्यपी कोभिड संक्रमणका कारण जारी लकडाउनको शैलीमा केही सहजीकरण भएपनि धेरैजसो मन्दिरमा नित्य पूजा आराधना वाहेक सहज दर्शन एवं पूजाआजाका लागि बन्द गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु