बुधबार, बैशाख १२, २०८१

मप बैठक: सिन्धुपालाञ्चोक तथा मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • तत्कालीन केपी ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्तिको खारेजी
  • साउन ६ गते सार्वजनिक विदाको घोषणा

काठमाडौं साउन ४,
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको आज बसेको मन्त्री परिषद बैकठले बाढी, पहिरोले क्षतिग्रस्त भएका सिन्धुपालाञ्चोक तथा मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी त्यस क्षेत्रमा पुर्न निर्माणको कार्य द्रुत गतिमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठक पछि सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रहरुलाइ धन्यवाद दिँदै अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराइदिनका लागि खोप उत्पादक मित्र राष्ट्रलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

साथै आगामी साउन ६ गते मनाइने इस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय संगै तत्कालीन केपी ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्तिको खारेजी गर्ने निर्णय भएको  बताउनुभयो ।