शनिबार, बैशाख ८, २०८१

बुधवार सार्वजनिक बिदा

काठमाडौं साउन ५ ,
सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैकठको निर्णय अनुरुप गृह मन्त्रालयले आज जारी विज्ञप्तिमा इस्लाम धर्मावलम्बीले मनाउने बकर इद [इद–उल–अजहा] को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।