शनिबार, बैशाख १५, २०८१

बहस सकिएसंगै संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा ,अर्को पेशी असार २८ गते

काठमाडौ असार २१,
संसद विघटनसम्बन्धी मुद्दामा आजबाट बहस सकिएको छ । अब असार २८ गते बस्ने संवैधानिक इजलासले संसद विघटनसम्बन्धी मुद्धाको किनारा लगाउने तयारी  भएको  बुझिएकोछ ।

यसअघि अर्थात सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोके संगै असार २८ गते सम्ममा संसद विघटनसम्बन्धी मुद्दा केहि नयाँ आयाम सार्वजनिक हुने आंकल गरिएको हो ।

आजको इजलासमा रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस संगै एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आ-आफ्नो   राय दिनुभएको हो । संसद विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ ५ अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् ।