शुक्रबार, चैत्र १६, २०८०

आजबाट ३ दिनसम्म राजधानीका विभिन्न खोपको केन्द्रमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं असार २२,
कोभिड विरुद्धको खोप अभियानअन्तर्गत आजबाट गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाइ दोस्रो खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रस्तुत अभियानको क्रममा ३ लाख ७० हजार ज्येष्ठ नागरिकलगायतले भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ।

त्यस्तै खोपको दोस्रो मात्रा उपत्यकामा आजबाट ३ दिनसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म निम्नानुसारको खोप केन्द्रमा वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, शुत्रलराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रस्तुती तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शंकरापुर अस्पताल हिमाल अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जनारी सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै जारी सूचनामा कागेश्वरी मनोहरा नगरपालिकाका मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकी , तारकेश्वर नगरपालिकाका धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकी त्यस्तै गरि दक्षिणकाली नागलिकाको शेषनारायण स्वास्थ्य चौकी , कीर्तिपुर नगरपालिकाका आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पताललमइ पनि पनि खोप केन्द्र तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै बुढानिलकण्ठ नागपालिकाका बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल, गोकर्णेश्वर नगरपालिकाका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पताल नागार्जुन नगरपालिकाका राकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थय चौकी, चन्द्रगिरी नगरपालिकाका सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल, शंखरापुर नगरपालिकाका लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा पनि कोभिड विरुद्धको अभियान अन्तर्गत भेरोसेल खोपको दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।