शुक्रबार, चैत्र १६, २०८०

उपत्यका सहित मुलुकका एकदर्जन जिल्लामा कोभिड सङ्क्रमितको प्रभाव कायमै

काठमाडौं असार २१,
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५६२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पीसीआर परीक्षणको क्रममा थप १ हजार ७४५ ४ हजार २८ जनाको एन्टिजेन परीक्षणको क्रममा ८७७ जना समेत गरि कुल ​२हजार ६२२ मा संक्रमण पुष्टि हुँदै गर्दा उपत्यकामा ५६२ जनामा कोभिड संक्रमण पुष्टि भएको  हो ।

​मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना रहेको जनाउदै मन्त्रालयले प्राप्त पछिल्लो डेटा अनुसार उपत्यका सहित मुलुकका १२ वटा जिल्लाहरूमा पाँचसयभन्दा बढी सङ्क्रमित रहेको जनाएको छ ।