शुक्रबार, बैशाख १४, २०८१

बाढीपहिरो र डुबानमा परी ३४ को मृत्यु, दुइदर्जन बेपत्ता

काठमाडौं असार १८,
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेको प्रहरीले जनाएको छ।

त्यस्तै प्रहरी बुलेटिनमा उल्लेख भएअनुसार उक्त आकंडा गत जेठ ३० गतेदेखि असार १८ गते विहान सम्मको जनाउदै तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २र२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १ १ जना रहेको उल्लेख गरिएकोछ । त्यस्तै बाढीपहिरो र डुबानमा परी विभिन्न जिल्लामा ४४ जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएको उल्लेख गरिएको छ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण ललितपुर, मोरङ,  नवलपरासी [पूर्व], चितवन र बाजुरा लगायतका स्थानहरुमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको जनाएकोछ ।