शुक्रबार, चैत्र १६, २०८०

सरकारी पक्षको बहस संवैधानिक अधिकार अनुरुप संसद विघटन भएको जिकिर

काठमाडौं असार १८,
सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबारबाट शुरु भएको १५ घण्टे बहस मध्ये सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायीले १४ घण्टे बहस गर्नुभएको हो । त्यस्तै आइतवार सभामुखको तर्फका कानुन व्यवसायीलाइ १ घण्टा समय प्रदान गरिने भएको  छ ।

यसअघि रिट निवेदक कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदक पक्षका कानून व्यवसायीले बहुमत सांसद विघटन विपक्षमा रहेको जिकिर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग गरेको थियो भने सरकारी वकिल प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानून व्यवसायीले संवैधानिक अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन गरिएको तर्क प्रस्तुत गर्नुभएको छ ।

अवको चरणमा आइतवार सभामुखका कानून व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफी प्रक्रिया र त्यसलगत्तै अदालतका सहयोगीको बहस हुने कार्यसूची रहेको छ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुने भएको छ।