शनिबार, बैशाख १५, २०८१

जनस्वास्थ्यका मापदण्डको उलंघनसंगै कोभिड-संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढ्यो: मन्त्रालय

काठमाडौं साउन ७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिदै बिहीबार जारी विज्ञप्तिमा संक्रमणको वढ्दो चुनौतीपूर्ण अवस्थाका कारण अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यकासहित काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको विज्ञप्तिमार्फत जानकारी दिदै २सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या पनि दुइदर्जन नाघेको जनाएको छ।

खोप अभियान र आवश्यक सर्तकता अपनाउँदाको वावजुद पनि जुन रफ्तारमा संक्रमणको सख्या घट्नु पर्ने हो त्यति घट्न नसकिरहेको जनाउदै निषेधाज्ञा खुकुलो भयो भन्दै अनावश्यक रुपमा सामान्य दिनमा जस्तै वुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघनकार्यले प्राथमिकता पाउनु यसको मुल कारक रहेको जनाएकोछ ।

विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा रहेको जनाउ सहित  स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उपचार केन्द्रीत तर्फ उन्मुख देशमा भन्दा रोकथाममा लागेको देशमा आशाति रुपमा सफलता प्राप्त भएको उल्लेख गर्दै सवैजनाको सहकार्यमा स्वास्थ्य सतर्कताका लागि पहलकदमी लिन आग्रह गरेको छ।