बिहिबार, बैशाख ६, २०८१

थप २ हजार ७१४ जनामा कोभिड संक्रमण पुष्टि , २४ को मृत्यु

काठमाडौं साउन ७,
नेपालमा पछिल्लोे समय थप २ हजार ७१४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको
छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशाला ९ हजार १२२ जनाको –पीसीआर परीक्षणको क्रममा १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको होभने ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षणको क्रममा ८५९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा १ हजार २८८ जना कोभिड सङ्क्रमित निको भएसंगै हालसम्म ६ लाख ३७ हजार ६९० जना संक्रमणबाट मुक्त भएको जनाउदै वितेको २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसंगै
संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।