शनिबार, बैशाख १५, २०८१

खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ महँगियो

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौंअसार २२,
पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमका अनुसार यसपटक पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धन रखाना पकाउने ग्यासको समेत मूल्य बढेको छ ।

मंगलबार रातिबाट लागू हुने गरी बढ्दो पेट्रोलियम पदार्थको मूल्य अनुसार अव पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान १ सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन ७ सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार चार सय २५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।