शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमितलाइ इन्टरलेउकिन-६’ प्रयोग गर्न डब्लुएचओको सिफारिस

काठमाडौंअसार २३,
डब्लुएचओले कोभिड भाइरसको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट काृभिड संक्रमणको उपचारका लागि इन्टरलेउकिन—६’ प्रभावकारी पुष्टि भएकाले ‘ यसको प्रयोगका लागि सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।

औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोभिडविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष ठहर गरेसंगै मङ्गलबार पत्रकार सम्मेलन मार्फत जानकारी सहित ओषधिको सिफारिस गरेको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस औषधिको प्रयोगले कोभिड विरामीमा नयाँ उर्जा आउनुको अलावा प्रतिरक्षा शक्ति बढाउन सहयोगी भएको बताइएकोछ ।