बुधबार, अशोज १२, २०७९

जुवातास र सट्टेबाजीमा संलग्न ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं असार २२,

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा ४ जना चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका-१७ ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट   प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने चीन युनान प्रान्त घर भएका राहदानी नम्बर ईएन ६३१२७४२  बाहक ३१ वर्षीय ZHA0 PENUCHENG,  काठमाडौं ठैटी बस्ने चीन हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय MA  JINGBIN, चीन हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय NIU YULIANG र चीन जुआङगदोन्ज  प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय PENG HUI रहेका छन् ।

 काठमाडौं महानरगपालिका-१७ ज्याठा क्वाबाहालमा चिनियाँ नागरिकहरु जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने बिशेष सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त होटेल तलासी गर्दा दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ, जुवातास खेल्न प्रयोग गरेको २ थान बिद्युतिय टेबल, जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी, ७ थान मोबाइल, १ थान बाघको छाला जस्तो देखिने बस्तु, २० थान गाईको छाला जस्तो देखिने वस्तु, २० थान कस्तुरीको बिना जस्तो देखिने वस्तु, ९ सय थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटिएम कार्ड, २ सय ५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), २ थान बाघको दाँत जस्तो देखिने वस्तु, २ थान खुकुरी र १ थान तरबार प्रहरीले बरामद गरेको जनाउदै   यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु