शनिबार, बैशाख १५, २०८१

उपत्यकाका ४२५ सहित थप २ हजार १० जनामा कोभिड सङ्क्रमण पुष्टि, १८ को मृत्यु

काठमाडौं असार ३०,
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यका अन्र्तगत काठमाडौमा २९४, ललितपुरमा ६२ तथा भक्तपुरका ६९ गरि कुल ४२५ सहित थप २ हजार १० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ८ हजार १०८ जनाको पिसिआर परीक्षणको क्रममा उल्लेखित सख्यामा सङ्क्रमण पुष्टि भएको जनाएके छ । साथै यसवीचमा ४ हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा १ हजार चार जना सङ्क्रमणमुक्त भएको जानकारी दिनुको अलावा वितेको २४ घण्टामा कोभिड सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको र योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको सख्या ९ हजार ४३० पुगेको जनाएको छ।