बिहिबार, चैत्र १५, २०८०

१० लाख धरौटीमा रिहा भए कांग्रेस उपसभापति गच्छदार

काठमाडौं असार ३०,

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रूपियाँ धरौटीमा छाड्न   विशेष अदालतले आदेश दिएको छ।

बुधबार बिहान विशेष अदालतमा उपस्थित भएका गच्छदारलाइ ०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।