शनिबार, बैशाख ८, २०८१

सार्वजनिक सवारी साधनको भाडामा २० देखि २८ प्रतिशत वृद्धि

असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधाको भाडादर कायम गरिएको यातायात विभागद्वारा जारी सूचनामा उल्लेख छ 

काठमाडौं असार ३०,
यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बुधबार विभागले सूचना जारी गर्दै २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको जानकारीदिएको हो ।

विभागले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामर्शका आधारमा वृद्धि भएको बढ्दो सवारी भाडादर असार २९ गतेदेखि लागू हुने र र यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटामा चल्ने मालवाहक सवारीमा २० प्रतिशत र तपाईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशतमात्र भाडादर वृद्धि गरिएको विभागका निर्देशक एवं प्रवक्ता डा।लोकनाथ भुसालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।