शनिबार, बैशाख १५, २०८१

सही सिर्जना र सार दिन नसक्ने राजनीतिक नेतृत्वका कारण नेपाली जनताको मन अशान्त : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं असार १६ ,
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिनको कुनैपनि औपचारिक कार्यक्रम नर्गने बताउनु भएकोछ । बुधबार पूर्व राजा शाहले एक सन्देश जारी गर्दै मुलुकमा बिद्यमान स्वस्थ्य संकटलाई मध्यनजर गर्दै यस वर्षको असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने उल्लेख गर्नु भएको होे ।

पूर्वराजा शाहले आफ्ना मुल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने राजनीतिक नेतृत्वका कारण यतिवेला नेपाली जनताको मन अशान्त रहेको उल्लेख गर्दै जनताले ठोस सूख सूविधा नपाउने हो भने राजनैतिक परिवर्तन र अग्रगमनका चर्का नारा घन्काउनुको कुनै औचित्य नभएको जिकिर गर्नुभएको छ ।

साथै उहाँले पछिल्लो समय कोभिडको खोप उपचार पाउन नसकेकाहरुलाई चाडै खोप उपलब्ध गराउन र देशमा प्राकृतिक विपद्को वेदना बढ्दै गइरहेको स्मरण गराउदै विपद व्यवस्थापनका लागि समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

यस्तो छ पूर्वराजा शाहको सन्देश :