शनिबार, बैशाख १५, २०८१

दिनानुदिन बढ्न थाले कोभिड सङ्क्रमित , ४१ को मृत्यु

काठमाडौं उपत्यकामा ५ ७२ जनामा कोभिड संक्रमण

काठमाडौं असार १६ ,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार १८७ जनामा गरिएको कोभिड परीक्षणको क्रममा थप २ हजार ८९२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा १ हजार ८८९ जनामा र ४ हजार ३८१ जनाको एन्टिजेन परीक्षणको क्रममा १ हजार ३ जनामा सङ्क्रमण पुष्टि जानकारी दिएको छ ।

केहि दिन यता संक्रमण दरमा आएको कमी संगै संक्रमण रोक्नका लागि जारी गरिएको निषेधाज्ञाालाइ खुकुलो बनाएसंगै मंगलवार बुधवार पहिचान भएका संक्रमितको सख्या बढ्दो पाइएकोछ । स्मरण रहोस आइतबार १ हजार ९२० जनामा सक्रमण पुष्टि भएकोमा सोमबार २ हजार ४४४ जना सङ्क्रमितको पहिचान र मंगलवार २ हजार ६३६ संक्रमितको पहिचान हुँदै गर्दा  आज यो सख्या बढ्दै २ हजार ८९२ जना पुगेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै मन्त्रालयले काठमाडौं उपत्यकामा ५ ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाउदै उपत्यकामा पुष्टि भएको संक्रमित मध्ये काठमाडौंमा ४३७, ललितपुरमा ८९ र भक्तपुरका ४७ जना रहेको  जानकारी दिनुको अलावा  सङ्क्रमणका कारण वितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको र योसंगै मृतकोको सख्या ९ हजार ११२ जना पुगेको मन्त्रालयले जनाएको छ। साथै यसवीचमा हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको जानकारििदनुको अलावा कोभिड सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ५९७ रहेको जनाएको छ ।