शनिबार, बैशाख १५, २०८१

चोरीएको सवारी साधन खरिद – बिक्री गर्ने हाफदर्जन अभियुक्त प्रहरीको फन्दामा

भक्तपुर असार १३,
महानगरीय प्रहरी वृत्त जगातीले मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जना गरी ६ जनालाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त सवारी साधन चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका ७ घर भई हाल भक्तपुर नगरपालिका ८ बस्ने २८ वर्षीय अर्जुन तमाङ, भक्तपुर नगरपालिका २ दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका ८ लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका २ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका ८ लिवाली घर भएका २० वर्षीय साईन भन्ने रमेश कोजु रहेका छन् ।

यसैगरी चोरीको स्कुटर खरिद गर्नेहरू काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका १० पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेको जनाएको छ ।

भक्तपुर नगरपालिका९१० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बिकको भे७ प ४४१३ नम्बरको मोटरसाईकल चोरी प्रकरणको अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको नम्बर परिवर्तन गरी बा.७१ प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो । त्यस्तै अनुसन्धानकै क्रममा कीर्तिपुर नगरपालिका १५ बस्ने रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपश्चात स्कुटर खरिद गर्ने २ जनालाई समेत प्रहरीले पक्राउ गरेको जनकारीदिदै थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।