बिहिबार, बैशाख १३, २०८१

संसद विघटनसम्बन्धी मुद्दा सुनवाइको चौथो दिन: रिट निवेदकको तर्फबाट बहसपैरवी शुरु

काठमाडौ असार १३,
सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो ।

आज रिट निवेदकको तर्फबट वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस शुरु गर्नुभएको छ भने त्यसलगत्तै अधिवक्ता भीमार्जुन आचार्यको बहस गर्नेू कार्यसूची रुहेको छ । रिट निवेदक र सरकारी पक्षलाई अदालतले बहसका लागि १५/१५ घण्टाको समय निर्धारण गरेको छ । रिट निवेदकतर्फका कानून व्यवसायीलाई बहस सकिएलगत्तै सरकारी पक्षको बहस पैरवी शुरु हुने भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन दिएको आदेशअनुरुप नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाइ एमिकस क्युरीको जिम्मेवारीमा रहेका छन ।