बुधबार, बैशाख २६, २०८१

उपत्यकामा जारी निषेधाज्ञाको विषयमा नितिगत निर्णय गर्नका लागि सीडीओहरुको बैठक बस्दै

काठमाडौं असार १३ ,
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको विषयमा नितिगत निर्णय गर्नका लागि काठमाडौं उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज अपरान्ह बैठक बस्ने तयारी भएको छ ।

आजको बैठकले पछिल्लो चरणमा थप गएिको निषेधाज्ञाको समिक्षा सहित आगामी दिनमा जारी निषेधाज्ञालाइ कसरी लैजाने भन्ने विषयमा विज्ञरुबाट प्राप्त सुझाव केन्द्रीत हुँदै छलफल गर्ने तयारी रहेको बुझिएको छ। काठमाडौं उपत्यकामा कोभिड संक्रमणको दर घटेपनि जोखिम भने कायमनै रहेको अवस्था छ । यसवीचमा निषेधाज्ञा हटाउदै सार्वजनिक यातायात  लगायतका सेवा सञ्चालन गर्ने हो भने स्थिती थप भयावह हुन सक्ने अवस्थालाइ समेत दृष्टिगत गर्दै जारी निषेधाज्ञालाइ थप खुकुलो बनाउँदै कार्यान्वयन गर्नुको विकल्प नभएको ठहर समेत अधिकारहिरुको रहेको छ । त्यसअर्थमा आजको छलफल मुलत निषेधाज्ञालाई जारी राखेर थप क्षेत्र खोल्न दिने तयारी विषयगत एजेन्दामा केन्द्रीत हुने सम्वद्ध अधिकारीहरुले बताएका छन ।

स्मरण रहोस पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदै छ । उपत्यकामा हाल निजी सवारीसाधनहरू जोर–बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् । सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने निर्णय गरिसकेको छ । यस्तै, बारअनुसार पसल खोल्न प्रशासनले अनुमति दिएको छ । गत सातादेखि नै निषेधाज्ञा केही खुकुलो भएपछि अहिले बजारमा चहलपहल पनि बढेको छ । सडकमा सवारीसाधनको जाम हुन थालेको छ भने पसलहरुमा पनि मानिसहरुको भीड लाग्न थालेको अवस्था छ ।