मङ्लबार, बैशाख ११, २०८१

सन्तानको माया अनलाईन फोटो प्रतियोगिताका प्रतियोगी पुरस्कृत

काठमाडौं असार १३/ अनुप प्रधान 

पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमसंग देशमा जारी विद्यमान श्रृखलावद्ध बन्दाबन्दीका कारण सिर्जना भएको पारिवारिक तथा मानसिक तनावलाई सकारात्मक ढंगबाट सम्बोधन गर्ने लक्ष्य सहितआयोजित सन्तानको माया अनलाईन फोटो प्रतियोगिता २०७८”का विजेता प्रतियोगिहरुलाइ शनिवार राजधानीमा पुरस्कृत गरिएको छ।

गत जेठ ६ गते अनलाईन मार्फत सञ्चालित उक्त फोटो प्रतियोगिता मा कुल १९७ जना महानुभावहरु सहभागी रहेको थियो प्रतियोगिता निकै नै प्रतिस्पर्धात्मक रहेको जनाउदै कार्यक्रम  संयोजक राम रन्जितले  सहभागि प्रतियोगिता  मध्येबाट क्रमस कन्टेष्टेन्ट नं ८३ , अर्गाखाँचीका आमा  रुपा पोखरेल र छोरी कृष्टि  पौडेल प्रथम, कन्टेष्टेन्ट नं ३० कालीमाटीका आमा निरु महर्जन छोरी अजु महर्जन दोस्रो, कन्टेष्टेन्ट नं १० मखनका आमा सपना शिलाकार छोरा सौगात शिलाकारको तस्वीरलाइ तेस्रो स्थानको विजेता घोषित गरिएको जानकारी दिनुभयो ।


त्यस्तै कन्टेष्टेन्ट नं. १३४ धापाखेलका आमा सचिता केसी छोरी समृद्धी केसी , कन्टेष्टेन्ट नं ५१ चागल बुबा विजय कुमार कार्की छोरी ब्रेन्दा कार्की, कन्टेष्टेन्ट नं. ९९ बुँगमतीका आमा शान्ता राई छोरा कियन्स महर्जनलाइ सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका विजेताहरुलाइ प्रमुख अतिथि  हरिबंश आचार्यको आर्चायले पुरस्कार वितरण गर्नुको अलावा समाजसेवी केदारमान रंन्जित तथा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यलाइ सम्मान गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डा .मनिता राजकंणिकार, महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिलबहादुर मल्ल लगायतले कार्यक्रमको आवश्यकता एवम् सार्थकताका   विषयमा चर्चा गर्दै जारी स्वास्थ मापदण्डको पालना गर्दै घर भित्र बसी सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।