शनिबार, बैशाख १५, २०८१

थप १ हजार ९६३ जनामा सङ्क्रमण पुष्टि, ४४ को मृत्यु

काठमाडौं असार २४ ,
पछिल्लो २४ घण्टामा ७ हजार ५६९ को पिसिआर परीक्षणको क्रममा १ हजार ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित छ लाख १७ हजार ९४७ पुगेको जानकारीदिनुको अलावा वितेको २४ घण्टामा ४ हजार २० जना सङ्क्रमित कोभिड मुक्त भएको र यो संगै संक्रमण मुक्त हुनेको सख्या ५ लाख ४९ हजार ६८२ जना पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै यसवीचमा ४४ जना सङ्क्रमितको सङ्क्रमणका कारण मृत्यु भएको र यो संगै नेपालमा सङ्क्रमणको कारणले ८ हजार ६४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।