शुक्रबार, बैशाख १४, २०८१

नाथमका कार्यकारी निर्देशक थापालाई गुर्जोको बेर्ना तथा चिया प्याकेट हस्तान्तरण

काठमाडौं असार २ ,
कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, बाथ रोग संगै पछिल्लो समय बढ्दो कोभिड संक्रमणबाट जोगिन र यदि कोमिड संक्रमण भइहाल्यो भने पनि रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि महत्वपूर्ण मानिएको गुणकारी वनस्पति गुर्जोको बढ्दो कोभिड महामारीका वेला निकै प्रयोग भएको पाइन्छ ।

कोभिड–१९ महामारीसँगै गुर्जोको खोजीनिती सहित मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्घिका लागि संक्रमणको जोखिमकावीच पनि गुर्जोको वेर्ना, गुर्जो चियापत्ती एवम गुर्जो चुर्ण निशुल्क वितरणमा क्रियाशिल कमल बहादुर राजलवटको चर्चा यत्र तत्र सर्वत्र हुने गरेका   छन ।

नेपाल सरकार आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख समेत रहेका राजलवटले पछिल्लो समय आफ्नो पेशागत जिम्मेवारीलाइ अक्षुण्ण राख्दै बाँकी सवै समय मानव सेवामा गुर्जो अभियन्ताका रुपमा समर्पित गर्दै आइरहेको छन ।

बढ्दो कोभिड संक्रमण जोखिमको चेन ब्रेक गर्नका लागि भन्दै राज्यले काठमाडौं उपत्यकामा गत बैशाख १६ बाट आगामी असार ७ गते सम्मका लागि जारी निषेधाज्ञाका वीच पनि गुर्जो अभियन्ता राजलवटले मंगलवार नेपाल अकाडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका नाथमका कार्यकारी निर्देशक दिपक थापालाई २ सय वटा गुर्जोको बेर्ना तथा गुर्जो चिया प्याकेट हस्तान्तरण गर्दै गुर्जोको चिया सेवनका लागि आग्रह गर्नभएको छ। त्यस अवसरमा नाथम परिसरमा गुर्जोरोपण समेत गरिएको थियो ।

त्यस्तै रेडक्रसकाबालकोटका सभापतिलाई ४सय  गुर्जो र्वो हस्तान्तरण गर्नुका अलावा गुर्जो रोपन संगै स्थानीय समुदायहरूलाई भौतिक दुरी कायम राख्दै गुर्जो चिया सेवन गराईएको थियो ।  साथै धुलिखेल अस्पत्ताल चौकमा सञ्चालित रक्तदान कार्यक्रम , शिव सरस्वति सेवा समिति सलमपाखा रअधिकारी टोलका स्थानीलाइ समेत त्यस अवसरमा गुर्जोको चियापत्ति वितरण गरिएको थियो ।