बिहिबार, बैशाख १३, २०८१

मुलुकमा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त

काठमाडौं असार ३ ,
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा मनसुन भित्रिएसंगै शुरु भएको जनधनको क्षति हुने गरि बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
पूर्व राजा शाहले आज एक विज्ञप्ति जारी गर्दै बाढी पहिरो पिडितको उद्धार तथा राहतको कामलाई तदारुपकताका सञ्चालन गर्न सवैलाइ आग्रह गर्दै हिमाल पहाड र तराईका धेरै जिल्लामा जन धन र भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी बासिन्दाहरुको उठिबास भएको खबर सुन्दा, देख्दा निकै दुख लागेको जिकिर गर्नुभएको छ ।

साथै उहाँले मनसुनको शुरवाती चरणमा नै यस्तो विपत्ति सिर्जना भएको  छ भने बाँकी दिनमा आवश्यक सावधानी अपनाउन सकिएन भने झन धेरै जन धनको क्षति हुन सक्ने पक्ष मा गम्भीर बन्न आवश्यक रहेको बताउनु भएकोछ ।

त्यस्तै जारी विज्ञप्तिमार्फत पूवै राजा शाहले देश कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको समयमा बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको अवस्थामा सबैजना मिलेर महामारी र प्राकृतिक बिपत्तिको न्युनिकरण गर्ने तर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ । प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले यसतर्फ पूर्व सावधानी र ,सजकता अपनाउने र उद्दार एवं राहतकारी ब्यवस्था मिलाउने बिषयमा सबै पक्षको ध्यान जानुपर्ने देखिन्छ भन्दै अवस्था विकराल नहोस,अपार क्षति नहोस र जनकल्याणकारी प्रबन्ध प्रभावकारी होस भन्ने आग्रह गर्नुभएकोछ