शनिबार, बैशाख १५, २०८१

पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत मजदुरले खोप पाउने, आन्दोलनका कार्यक्रम सवै स्थगन

काठमाडौ असार १ ,
पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत श्रमिकहरुले कोभिड विरुद्धको खोप लगाउन पाउने भएको छ।  दैनिक अग्रपक्तिमा रहि काम गर्दै आएका पेट्रोलियम क्षेत्रमा कार्यरत श्रमिकहरुलाइ खोप लगाउन वारम्वार आग्रह गर्दा सरोकारवाला निकायले कुनै सुनवाइ नगरेपछि खोप प्राप्तिका ट्यांकर चालक संघले घोषणा गरेको  थियो ।

 त्यस्तै  संघको  आन्दोलनमा एकेवद्धता जनाउदै पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत श्रमिकहरुको अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव प्रसाद पोखरेलले  बुधबारदेखि तेल खरिद नगर्ने र अन्तत देशैभरका सबै पेट्रोलपम्प बन्द गर्ने चेतावनी दिएसंगै उनिहरुले खोप लगाउन पाउने भएको हो ।

पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबैलाई खोप दिने व्यवस्था गरिएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिदै र ट्यांकर चालकलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाउने व्यवस्था मिलाईएको जानकारी दिएपछि संघले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गर्नुको अलावा तेल उठाउने कार्यलाइ सुचारु गर्न सहमत भएको हो ।