सोमवार, साउन १८, २०७८

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको बन्द प्रशिक्षण शुरु

काठमाडौं असार १ ,
अनुप प्रधान

आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको बन्द प्रशिक्षण शुरु भएको छ ।

बढ्दो कोभिड कहरकावीच आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुरु भएको प्रशिक्षणमा गत चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ५ बैकल्पिक खेलाडी सहित ३० जना खेलाडी सहभागी रहेको छ ।

त्यस्तै सहभागीहरु छनौट संघका उपाध्यक्ष निरोज मास्के, नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको समितिले गरेको हो । त्यस्तै टिम ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाइ दिइएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी – आर्मी क्लब – सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो, न्यु डायमण्ड – प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य, नेपाल पुलिस – उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द , एपीएफ – सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी, भरतपुर – सरस्वती कट्टेल रहेकी छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031