शनिबार, बैशाख ८, २०८१

४ हजार १८७ संक्रमित संक्रमण मुक्त , ४१ को मृत्यु

काठमाडौ असार १ ,
नेपालमा पछिल्लो २४  घण्टामा ७ हजार ४४९ वटा पीसीआर परीक्षणको क्रममा १ हजार ६८१ मा कोभिड सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै मन्त्रालयले आज पहिचान भएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ६ लाख १२ हजार २०२ पुगेको जनाएको छ ।

साथै यसवीचमा ४ हजार १८७ सङ्क्रमित उपचार पछि डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुने संक्रमितको सख्या ५ लाख ४० हजार ४३९ पुगेको जानकारी दिएको छ । त्यस्तै वितेको २४ घण्टामा ४१ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट मृत्यु हुनेको सख्या ८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ।