शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं उपत्यकामा ७६४ कोभिड सङ्क्रमितको पहिचान

काठमाडौं जेठ २७,
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ९०१ वटा पीसीआर परीक्षणको क्रममा २ हजार ८७४ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको र योसंगै कुल सङ्क्रमित ६ लाख १ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका कोभिड संक्रमित मध्येकाठमाडौं उपत्यकामा ७६४ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार आज उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना रहेको जानकारी दिएको छ।

साथै काठमाडौं १० हजार ५२७, ललितपुरमा ४ हजार १७३ र भक्तपुरमा ३ हजार ९१ जना संक्रमितमा कोभिडको सक्रिय संक्रमण रहेको जनाउदै काठमाडौमा १७४३, ललितपुरमा ५०३ र भक्तपुरमा ३४९ जनाको मृत्यु भएको डेटा दिएको छ ।