मङ्लबार, बैशाख ११, २०८१

२८७४ जनामा कोभिड सङ्क्रमणको पुष्टि, ५ हजार २९३ जना कोभिड मुक्त , ५९ को मृत्यु

काठमाडौं जेठ २७,
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ९०१ वटा पीसीआर परीक्षणको क्रममा २ हजार ८७४ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको र योसंगै कुल सङ्क्रमित ६ लाख १ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रायले यसवीचमा ५ हजार २९३ जना संक्रमित कोभिड मुक्त भएको र योसंगै संक्रमण मुक्त हुनेको सख्या ५ लाख १५ हजार ५९१ पुगेको जानकारी दिएको छ।

साथै वितेको २४ घण्टामा ५९ जना सङ्क्रमितको मृत्यु भएको जानकारीदिदै मन्त्रालयले संक्रमणको कारण मृत्यु हुनेको
सख्या ८ हजार २३८ पुगेको जनाएको छ ।