शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा थपिए १ हजार २२६ कोभिड सङ्क्रमित

काठमाडौं जेठ २५,
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२६ कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाका ३ जिल्लामा थपिएका संक्रमित मध्ये पछिल्लो चौबीस घण्टामा एक हजार २२६ जना सङ्क्रमित थपिएको देशभरि काठमाडौं जिल्लामा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जना रहेको मन्त्रालयले जनाएको छ।

साथै मन्त्रालयले उपत्यका अन्र्तगत काठमाडौमा १ ४२३, ललितपुरमा ४५०१ र भक्तपुरमा ३४५४ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिनुको अलावा  काठमाडौंमा १७२८, ललितपुरमा ४९६ र भक्तपुरमा ३४५ जनाले सङ्क्रमणका कार।ण ज्यान गुमाएको जानकारी दिएको छ।