शनिबार, बैशाख ८, २०८१

वितेको २४ घण्टामा ६५७० सङ्क्रमित कोभिड मुक्त, १०८ को मृत्यु

काठमाडौं जेठ २५,

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ६५ वटा नमूना परीक्षणको क्रममा ३ हजार ८७० सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ५ लाख ९५ हजार ३६४ पुगेको जानकारीदिदै मन्त्रालयले वितेको २४ घण्टामा ६५७० सङ्क्रमित कोभिड मुक्त भएको जनाएको छ।

साथै आज पहिचान भएका संक्रमित मध्ये मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु भएको छ । कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । हालसम्म आठ हजार ९८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

घण्टामा काठमाडौं उपत्यकाका १ हजार २२६ कोभिड सङ्क्रमित रहेको र यसमध्ये काठमाडौं जिल्लामा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जना रहेको मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले वितेको २४ घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको जनाएको छ ।