शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद् विस्तारको कारण  सहित  लिखित जवाफ पेश गर्न सर्वोच्चको  आदेश 

काठमाडौं जेठ २५,

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले केहि दिन अघि प्रधानमन्त्री केपी ओलीले गर्नुभएको मन्त्रिपरिषद् पुनर्गठन विषयमा परेको रिट निवेदनको सुनवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओलीलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,कञ्चनकृष्ण न्यौपानेसहित छ जना अधिवक्ताले उक्त दायर रिट निवेदनको सुनवाइको क्रममा जारी सर्वोच्चको आदेशमा मन्त्रिपरिषद् पुनर्गठनको आवश्यकताका कारण देखाउन र सोसम्बन्धी लिखित जवाफ माग गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

त्यस्तै इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते अदालतमा उपस्थित गराउन समेत आदेश   दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031