शुक्रबार, बैशाख १४, २०८१

२ हजार १४ मा सङ्क्रमणको पुष्टि, ३ हजार ८२ जना सङ्क्रमण मुक्त

काठमाडौं असार २,
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६८७ वटा पीसीआर परीक्षण गर्दा २ हजार १४ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै यसवीचमा ३ हजार ८२ सङ्क्रमित कोभिड मुक्त भएको र यो संगै नेपालमा कोभिड मुक्त हुनेको सख्या ५ लाख ४३ हजार ५२१ पुगेको जानकारी दिएको छ।

साथै वितेको २४ घण्टामा ५२ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट नेपालमा ८ हजार ५५८ जनाको निधन भएको जनाएको छ ।