मङ्लबार, बैशाख ११, २०८१

गर्भपतनको क्रममा महिलाको मृत्यु भएसंगै ज्योति अस्पताल परिसर तनावग्रस्त

काठमाडौं असार २,
अनुप प्रधान

काठमाडौं महानगर वडा न १३ कालीमाटीस्थित ज्योति अस्पताल परिसर आज तनावग्रस्त भएको छ । गर्भपतनका लागि अस्पताल पुगकी रामेछाप दोरम्बा गाउँपालिका ६ की २८ वर्षीया महिलाको गर्भपतनको क्रममा अस्पतालको लापरवाही गरेकै कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेसंगै अस्पताल परिसर तनावग्रस्त भएको हो ।

३ सन्तानकी आमा रहेकी ति महिलालाइ अस्पतालकै चिकित्सकले गर्भपतनका लागि दिएको सल्लाह मुताविक गर्भपतन गर्ने क्रममा उनको मृत्यु भएपछि घटनालाइ गुपचुप गर्दै ज्योति अस्पतालले मृतक महिलाको शव भने बीएन्डबी अस्पतालमा पुर्याएको जिकिर मृतक महिलाकी आफन्तको रहेको छ ।

त्यस्तै पारिवारिक सदस्य मनोरथ गौतमले अस्पताल जान्छु भनी हिँडेको केहि समय पछिनै राधिकाको मृत्यु भएकोखवर आएपनि शव भने बीएन्डबी अस्पतालमा रहेको भनी अस्पतालले खवर दिनुनै घटना रहस्यमय भएको बताए । त्यस्तै ‘गर्भपतनका लागि मन्जुरीनामा गर्नुपर्ने भए पनि आफन्त कसैलाई त्यसबारे जानकारी नदिएका कारण घटनाको सत्यतथ्य बाहिर नआएसम्म र मृतकले न्याय नपाएसम्म शव जिम्मा नलिने बिरामीका आफन्तहरूको जिकिर रहेको छ ।

साथै पारिवारिक सदस्य गौतमले अस्पतालसँग मंगलबार भएको छलफलमा गर्भपतनका क्रममा बिरामीको मृत्यु भएको घटनालाई स्विकारे पनि बुधबार बोली फेरेपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताउदै गौतमले भने अस्पतालले कानूनविपरीत गर्भमा छोरा या छोरी भनी जानकारी दिएको, ४–५ महिनाको गर्भपतन गर्न अघि सरेको र लापरवाहीपूर्ण ढंगले उपचार गर्दा बिरामीको मृत्यु भएको हो यसमा कुनै शंका नभएको बताए । साथै ज्योति अस्पतालबाटै मृतकको शव र शवसँगै गर्भपतनपछि निकालिएको बच्चाको पनि शव पाउनुपर्ने माग आफुहरुको रहेको बताए ।

यसैवीच प्रदर्शनका क्रममा मृतकका आफन्त अस्पतालभित्र पस्न खोजेपछि महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहीले रोक्न खोजेको थियो। त्यसक्रममा धरपकड हुँदा प्रदर्शनकारी संगै प्रहरी समेत घाइते भएको छ ।