बिहिबार, बैशाख ६, २०८१

उपत्यकामा थपिए ५४५ सङ्क्रमित, काठमाडौंमा मात्र ७ हजार ७८३ मा संक्रिय संक्रमण

काठमाडौं असार २,
पछिल्लो २४ घण्टामा देशभरि दुई हजार १४ सङ्क्रमितको पहिचान हुँदै गर्दा काठमाडौं उपत्यकामा ५४५ सङ्क्रमित थपिएका छन् । स्वास्थय तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरका १६ जना रहेको जनाएको छ।

त्यस्तै काठमाडौंका कुल १ लाख ९९ हजार ७२९ संक्रमित मध्ये ७ हजार ७८३ मा कोभिडको संक्रिय संक्रमण रहेको जनाएको छ । त्यस्तै ललितपुरका ३६ हजार २७२ मध्ये ३ हजार २०३ र भक्तपुरका २१ ह्जार ५५४ मध्ये २ हजार ३१७ जनामा संक्रिय कोभिड संक्रमण रहेको जनाएको छ।