शनिबार, बैशाख १५, २०८१

सक्रिय मनसुनको प्रभाव : आजदेखि ३ दिनसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आव्हान

काठमाडौ असार १६,
जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएसंगै आगामी ३ दिनसम्म देशभर ठूलो वर्ष हुने सम्भावना रहेको जनाएकोछ । त्यस्तै महाशाखाले मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी वर्षा भइरहेको छ। अहिले बिहान पनि काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी पर्न शुरु भइसकेको जनाएको छ।

सक्रिय मनसुनका कारण ३ दिनसम्म हुने भिषण वर्षाका कारण बाढी पहीरोको समेत उच्च् संभावना रहेको जनाउदै सबैले सतर्कता अपनाउन आग्रह गर्दै आज बुधबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

साथै प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु समेत सबैमा अनुरोध गरेको छ।

यस्तो छ आगामी ३ दिनको भिषण् वर्षा सहितको पूर्वानुमान मौसम :

असार १६ गते बुधबार [आज]
दिउँसो स् प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

राति : प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

असार १७ गते बिहीबार
दिउँसो स् प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।

असार १८ गते शुक्रबार
दिउँसो स् प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।

राति : प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा साथै प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ।