शुक्रबार, चैत्र १६, २०८०

एमाले महाधिवेशन आयोजक समिति भङ्ग, १८ गते केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौ असार १६,

सत्तारुढ दल नेकपा एमालेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सम्पन्न १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम राख्ने निर्णय गर्दै तत्कालका लागि एमाले विभाजनको खाडललाइ पुर्ने प्रयास गरेको छ ।

पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अुसार आजको बैठकले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम राख्ने निर्णय गरेसंगै आगामी शुक्तवार केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ।

यसअघि सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।