बिहिबार, बैशाख १३, २०८१

५ विद्यार्थी संगठनले आज देशैभर विरोध प्रदर्शन गर्दै

प्लेकार्ड प्रदर्शन देखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका कार्यक्रमलाइ प्राथमिकता दिन सर्कुलर

काठमाडौ असार १६,
प्रम केपी ओलीको पछिल्लो प्रतिगमन सहित यसवीचमा भए गरेका यावत अराजकताको विरुद्ध ५ विद्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्दैछ । उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लाका ५ बिद्यार्थी संगठनका स्थानिय जिल्ला नेतृत्वको सहभागिता र अगुवाईमा विरोध कार्यक्रम सहितको प्रदर्शन गर्न लागेको हो ।

विद्यार्थी संगठनका नेताहरुकोअनुसार मौसमको अनुकुलतालाई मध्यनजर गर्दै बिहान ११ बजेपछिको जुनसुकै समयमा मौसमको अनुकूलताअनुसार विरोध प्रदर्शन गर्न र प्रदर्शनको क्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका कार्यक्रमलाइ प्राथमिकता दिन सर्कुलर गरिएको छ ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल [क्रान्तिकारी], सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल ९छैठौं० को सहभागीता रहने बताइएकोछ ।