शनिबार, बैशाख १५, २०८१

राजधानीका विभिन्न अस्पताललाइ स्वास्थ्य सामाग्री

काठमाडौं जेठ २७,
नेपालमा कोभिड–१९ को दोश्रो लहरको सक्रमण बढेसंगै संक्रमित र  उनिहरुको सेवामा दिन रात क्रियाशील स्वास्थ्यकर्मीको प्रयोजनका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बेलायतमा कार्यरत चिकित्सकहरुको संगठन Nepalese Doctor’s Association (UK) र च्यारिटि संस्था Health Exchange Nepal(UK) को सहकार्यमा को सहकार्यमा बेलायतका बिभिन्न अस्पतालबाट प्राप्त सहयोग र दाताबाट प्राप्त रकमबाट खरिद गरिएको स्वास्थ्य समाग्री आज राजधानीका विभिन्न अस्पताललाइ सहयोग स्वरुप हस्तान्तरण गरिएको हो।

डाईबिटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौं मार्फत ति सामाग्रीहरु शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाडौं, नेपाल कृतिकल डेभलोपमेन्ट फाउण्डेशन, धुलिखेल अस्पताल, मोडल अस्पताल काठमाडौं , त्रिशुली अस्पताललाई बितरण गरिएको हो ।