बिहिबार, बैशाख १३, २०८१

मुलुकमा बङ्गालको खाडीबाट मनसुनको प्रवेश हुँदै, भारी बर्षाको संभावना

काठमाडौं जेठ २७,

जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको जनाउदै नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जानकारीदिएको छ।

त्यस्तै विभागले नेपालमा मनसुन भित्रिएसंगै आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षाको प्रवल संभावना रहनुको अलावा यसवीचमा बाढी पहिरोको समेत प्रवल संभावना रहेको जनाएको छ ।

साथै पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण मनसुन भित्रिनु पूर्वनै काठमाडौँ उपत्यकाका लगायत वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षाको शुरुवात भइसकेको जनाउदै यसवीचमा देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहितको वर्षाको सम्भावना रहेको जनाएको छ।