बुधबार, बैशाख १२, २०८१

बन्दाबन्दी पिडितलाइ नुवाकोट काँग्रेस ब्यवसायीको राहत

अनुप प्रधान /काठमाडौं जेठ २७,

संघीय राजधानी काठमाडौंलाइ आफ्नो व्यवसायीक कर्मथलो बनाउदै क्रियाशील नुवाकोट काँग्रेसका ब्यवसायी द्धारा पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमसंगै सरकारद्दारा जारी निषेधाज्ञाको क्रममा दैनिक गुजाराका लागि प्रताडित व्यक्तिहरुलाइ खाद्यान्न तथा स्वास्थय सामाग्री राहत स्वरुप वितरण गरिएको छ।

नुवाकोट जिल्लाका तारकेश्वर नगरपालिका भित्र बसोबास गर्दै आएको तारकेश्वर ११, नेपालटारका १२० परिवारलाई १५ दिन सम्म पुग्ने खाद्यान्न वितरण गरिएको व्यवसायी गोविन्द्र गिरीले जानकारी दिनुभयो । त्यस्तै उहाँले  आजको राहत वितरणका लागि जयराज गिरी, रविन्द्र गिरी, ध्रुव गिरी, हरिलाल श्रेष्ठ, राजन बुढाथोकी, रामकुमार गिरी, कुमार गिरी र राजन गिरीको सयुक्त प्रयासमा सञ्चालन गरिएको समेत बताउनुभयो ।

साथै १२० परिवारको लागि राहत वितरणको लक्ष्य निर्धारण गरिएपनि दुइ सय  भन्दा बढि पिडित उपस्थित भएसंगै सवैलाइ समानुपातिक राहत दिन नसकेकोमा दुख व्यक्त गर्दै आयोजकको तर्फबाट व्यवसायी गोविन्द गिरीले केहिसमयपछिनै राहात वितरण  गरिने   बताउनुभयो ।