शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध दायर सबै रिटको सुनवाइ संवैधानिक इजलासबाट हुने

काठमाडौं जेठ १३,
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने आदेश दिएको छ । जारी आदेश संगै विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ शुक्रबार हुने भएको छ ।
ज्ञात रहोस निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा रहेका छन् भने प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै ४ वटा रिट निवेदन दर्ता भएका छन ।