शुक्रबार, चैत्र १६, २०८०

पत्रकार इच्छुकको १९औं स्मृति दिवस : महासंघ परिसरको पत्रकार शहिद स्तम्भमा कोणसभा

काठमाडौं जेठ १३,
नेपाल पत्रकार महासंघले दिवंगत पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा महासंघ परिसरमा रहेको पत्रकार शहिद स्तम्भमा कोणसभा को आयोजना गरेको छ । कोणसभा अघि पत्रकार सेनको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै सम्पूर्ण दिवंगत पत्रकारको चिर शान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो।

त्यसलगत्तै कोणसभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपालमा द्वन्द्वकाल देखि हालसम्म राज्यपक्ष र गैरराज्य पक्षबाट ३ दर्जन भन्दा धेरै पत्रकार मारिएको भन्दै उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकासंग माग गर्नुभयो । साथै उहाँले मारिएका पत्रकारका परिवारको उचित व्यवस्थापन गर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै महासंघका महासचिव रोसन पुरीले कृष्णसेन इच्छुकको स्मृति दिवसका अवसरमा गरिएको यस कार्यक्रमले नेपालमा मारिएका सम्पूर्ण पत्रकारको परिवारको न्यायका लागि राज्यलाई दवाव सृजना गरिएको बताउनुभयो । पत्रकार महासंघको अभिलेख अनुसार नेपालमा द्वन्द्वकाल देखि हालसम्म ३८ जना पत्रकारको हत्या गरिएको छ भने ४ जना पत्रकारको अवस्था बेपत्ता रहेको उल्ल्ेख गरिएको छ ।