शनिबार, बैशाख ८, २०८१

निषेधाज्ञाको समयमा खाद्यान्नको अभाव हुन नदिन घरदैलो सेवा सञ्चालन गरिने

 काठमाडौं जेठ १३,

बढ्दो को्भिड संक्रमणको रफ्तारलाइ रोक्न जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी निषेधाज्ञाको समयमा जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि किराना पसल समेत खोल्न नपाइने व्यवस्था सहित जारी निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

त्यस्तै यसवीचमा खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको व्यवस्था समेत मिलाईएको प्रशासनद्दारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले बिहीबार एक सूचना सार्वजनिक गरि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द– ९८५१३२०३१४, विभागीय प्रमुख भिमबहादुर थापा– ९८५११३६७८५, प्रादेशिक प्रमुख र थापाथली ज्ञानु थापा– ९८५११२७८८ को नम्बर उपलब्ध गराएको छ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ– ९८५१०२२५६४,नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी– ९८५१०३३३०३, विभागीय प्रमुख सबल रिजाल– ९८५१११३६६० र अधिकृत प्रज्वल प्रधान– ९८४१३३२९९०, ९८१३२७२५६३ को नम्बर प्रशासनले उपलब्ध गराएको हो ।

त्यस्तै माछा–मासु, दूध, तरकारीका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।