शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा आज ३ हजार ९८ जना सङ्क्रमित थपिए

काठमाडौं जेठ ३,
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ९८ जना ९८ जना सङ्क्रमित थपिएको र यसमध्ये काठमाडौंमा दुई हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरका २९८ जना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले उपत्यकामा थपिएका कुल संक्रमित संगै सक्रिय संक्रमितको हकमा २८ हजार ५२७ काठमाडौंमा ७हजार १७१ ललितपुरमा र ५ हजार ७६ जना भक्तपुरमा रहेको जाकारी दिएको छ।त्यस्तै काठमाडौंमा एक लाख ३५ हजार ६४८ जना सङ्क्रमित निको भएका छन् । ललितपुरमा २० हजार ७२८ र भक्तपुरमा ११ हजार ५२९ जना सङ्क्रमित हालसम्म निको भएका छन् ।

यसैवीच वितेको २४ घण्टामा उपत्यकाका ३ जिल्लामा ७९ सङ्क्रमितको मृत्यु भएको जाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसमध्ये काठमाडौंमा ५१, ललितपुर र भक्तपुरका १४ १४ जना सङ्क्रमित रहेको जानकारी दिएको हो ।