शुक्रबार, बैशाख १४, २०८१

देशभर ९ हजार २४७ जनालाई संक्रमण पुष्टि , ५ हजार ७६७ जना डिस्चार्ज २१४ को मृत्यु

काठमाडौं जेठ ३ ,

नेपालमा पछिल्लो २४ घण्टामा २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन विधिबाट गरिएको कोभिड परीक्षणको क्रममा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाले जनाएको छ ।

त्यस्तै मन्त्रालयले योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको जानकारी दिनुको अलावा ५ हजार ७६७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जनाएको छ ।

साथै वितेको २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको र नेपालमा हालसम्म् ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको जनकारी समेत दिएको छ।